Our Address

Ghodaghodi, Kailali

Call Us

091-403117/403118

Email Us

ghodaghodimultiplecampus@gmail.com

घाेडाघाेडी क्याम्पसमा ‘सफल जीवनका लागि सकारात्मक चिन्तन’ कार्यक्रम सम्पन्न

 

कैलाली । घाेडाघाेडी बहुमुखी क्याम्पसमा ‘सफल जीवनका लागि सकारात्मक चिन्तन’ विषयमा ‘मोटिभेसन’ कार्यक्रम  सम्पन्न भएको छ । आज शुक्रबार  ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयसँग सहकार्यमा कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसकाे सभाहलमा  कार्यक्रम सम्पन्न  गरिएको हो ।

स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि  विहान ८ बजे देखि करिब २ घण्टा कार्यक्रम सञ्चलन भएकाे थियाे । विध्यालय तहका लागि भने दिउँसाे करिब १ बजे देखि २ घण्टा विद्यार्थीहरूलाई सहभागि गराइएकाे थियाे । मानविय जीवन तनावपूर्ण हुने भएकाले त्यसबाट मुक्त रहि सफल जीवन जिउने वातावरण मिलोस् भनेर कार्यक्रम गरिएको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षक तथा ‘मोटिभेसनल स्पिकर’ रमन भट्टराईले बताएका छन । 

कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पसका स्नातक तहका करिब ३ सय र दिउँसाे विद्यालय तहमा अध्ययनरत करिब ४ सय विद्यार्थी, प्राध्यापक तथा  कर्मचारीहरूकाे सहभागिता रहेको थियो ।https://www.gmconlinenews.com/2023/10/06/%e0%a4%98%e0%a4%be%e0%a5%87%e0%a4%a1%e0%a4%be%e0%a4%98%e0%a4%be%e0%a5%87%e0%a4%a1%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%b8/