Our Address

Ghodaghodi, Kailali

Call Us

091-403117/403118

Email Us

ghodaghodimultiplecampus@gmail.com

स्नातकोत्तर तह दोस्रो तथा चौथो सेमेस्टरको सत्रान्त परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी जरुरी सूचना

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित स्नातसकोत्तर तहको शैक्षिक वर्ष २०२२ का नियमित तथा सो भन्दा अघिका आंशिक परीक्षार्थीहरुको दोस्रो सेमेस्टर र शैक्षिक २०२१ का नियमित तथा सो भन्दा अघि   शैक्षिक (शैक्षिक वर्ष २०१८ सम्म)  का आंशिक परिक्षार्थीहरुको चौथो सेमेस्टरको तथा शैक्षिक २०२२ को दोस्रो सेमेस्टरको सत्रान्त परीक्षा वि.स २०८० साल  फागुनको तेेस्रो हप्ता पश्चात् सञ्चालन हुने भएकाले सम्बन्धित  सबै विद्यार्थीहरुलाई मिति २०८० साल फागुनको  १२ गते सम्म अनलाइन परीक्षा फारम भर्नका लागि सुचित गरिन्छ ।

Login

सुचना 

 

प्रधानमन्त्री प्रचण्डले गरे घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवनको शिलान्यास

कैलाली । कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका १ घोडाघोडी मा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवनको शिलान्यास गरिएको छ । आज सोमबार नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले क्याम्पसको भवनको शिलान्यास गरेका हुन । नेपाल सरकार राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष २०८०/८१ को ४ करोड ७१ लाख प्राप्त अनुदान बाट निर्माण हुन लागेको शैक्षिक भवनको शिलान्यासका लागि नेपाल सरकारका प्रधानमन्त्री प्रचण्ड घोडाघोडी पुगेका थिए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले ‘पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपश्चिम विश्वविद्यालयलाई गठन प्रक्रिया अगाडि बढाएको, दोश्रो पटक प्रधानमन्त्री हुँदा ६ ओटा क्याम्पसलाई आंगिक बनाउने कार्य गरेको त्यो कार्य अहिले कार्यान्वयन भैरहेको’ बताएका छन । अहिले आफूले सांसद बोलाएर सुदूरपश्चिम विश्वविद्यालयमा थप ५ क्याम्पसलाई आंगिक बनाउने निर्णय र आंगिक भएका क्याम्पसहरूलाई थप विकासका लागि आर्थिक वर्षमा ९ करोड बिनियोजन गरिएको त्यसै अन्तर्गत घोडाघोडी बहुमुखी क्याम्पसलाई १ करोड बिनियोजन गरिएको बताएका हुन ।

साथै उनले नगरपालिकाले राखेका मागहरूका विषयमा पनि आफ्ना धारणा राख्दै नगरपालिकाको रिङरोडका लागि नगरपालिकाले बजेटले नपुग्ने विषयमा नगरप्रमुखले बुझाएको ज्ञापनपत्र उल्लेख गरेको विषयमा आफू बजेटको व्यवस्था गर्ने बताएका हुन । घोडाघोडी बहुमुखी क्याम्पस र लम्की बहुमुखी क्याम्पसले संयुक्त रूपमा प्रधानमन्त्री प्रचण्डलाई आफू आफ्ना क्याम्पस सहित कैलालीका ६ ओटा क्याम्पसलाई आंगिक क्याम्पस बनाउनका लागि ज्ञापन पत्रसमेत बुझाएका थिए ।

त्यस्तै घोडाघोडी नगरपालिकाका तर्फ बाट पनि नगरपालिकाका समस्याका विषयमा प्रधानमन्त्री लाई जानकारी गराउँदै त्यसको समस्या समाधानका लागि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले ज्ञापन पत्र बुझाएका थिए । घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई को सभाध्यक्ष भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड रहेका थिए भने, विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए त्यस्तै नगरपालिकाका प्रमुख तथा उपप्रमुख अतिथि रहेको कार्यक्रमको सञ्चालन घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतराज बिनाडी गरेका थिए ।

0
Shares

घाेडाघाेडी क्याम्पसमा ‘सफल जीवनका लागि सकारात्मक चिन्तन’ कार्यक्रम सम्पन्न

घाेडाघाेडी क्याम्पसमा ‘सफल जीवनका लागि सकारात्मक चिन्तन’ कार्यक्रम सम्पन्न

 

कैलाली । घाेडाघाेडी बहुमुखी क्याम्पसमा ‘सफल जीवनका लागि सकारात्मक चिन्तन’ विषयमा ‘मोटिभेसन’ कार्यक्रम  सम्पन्न भएको छ । आज शुक्रबार  ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयसँग सहकार्यमा कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसकाे सभाहलमा  कार्यक्रम सम्पन्न  गरिएको हो ।

स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि  विहान ८ बजे देखि करिब २ घण्टा कार्यक्रम सञ्चलन भएकाे थियाे । विध्यालय तहका लागि भने दिउँसाे करिब १ बजे देखि २ घण्टा विद्यार्थीहरूलाई सहभागि गराइएकाे थियाे । मानविय जीवन तनावपूर्ण हुने भएकाले त्यसबाट मुक्त रहि सफल जीवन जिउने वातावरण मिलोस् भनेर कार्यक्रम गरिएको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षक तथा ‘मोटिभेसनल स्पिकर’ रमन भट्टराईले बताएका छन । 

कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पसका स्नातक तहका करिब ३ सय र दिउँसाे विद्यालय तहमा अध्ययनरत करिब ४ सय विद्यार्थी, प्राध्यापक तथा  कर्मचारीहरूकाे सहभागिता रहेको थियो ।https://www.gmconlinenews.com/2023/10/06/%e0%a4%98%e0%a4%be%e0%a5%87%e0%a4%a1%e0%a4%be%e0%a4%98%e0%a4%be%e0%a5%87%e0%a4%a1%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%b8/

 

 

स्नातक तह प्रथम बर्षको परीक्षा तालिका संसोधन सम्बन्धि सूचना नियमित बिधार्थीहरुको लागि मात्र

त्रिभुवन बिस्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा बार्षिक परीक्षा प्रणाली अनुरुप २०८० मा संचालन हुने ४ बर्षे स्नातक तह प्रथम बर्सको मानविकी संकाय ,ब्यवस्थापन संकाय शिक्षा शास्त्र संकाय नियमित २०८० साल को परिक्षा दिने परीक्षार्थीहरुको निनिम्न कार्यक्रम अनुसार परिक्षा संचालन हुने जानकारी गरिन्छ .