त्रि.वि शिक्षाशात्रसंकाय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातक तह BICTE प्रथम र चौथो सेमेस्टरको यहि २०८१ साल बैशाख महिनामा संचालन हुने परीक्षामा सम्मेलित हुने चाहने बिद्यार्थीहरुले यस क्याम्पस को प्रशासन शाखामा आफुले तिर्न पर्ने शुल्क भुक्तानी गरि सुचना प्रविधि शाखामा यहि मिति २०८० साल चैत महिना को १२ गते सम्ममा परीक्षा आवेदन फारम अनलाइन मार्फत भर्न हुन जानकारि गरिन्छ । सो समयमा फारम भर्न नसक्ने विद्यार्थीहरुले मिति २०८० साल चैत १७ दोब्बर दस्तुर मा आवेदन फारम भर्न हुन जानकारि गरिन्छ।
परीक्षा आवेदन फारम भर्दा विद्यार्थीहरुले ध्यान दिनु पर्ने कुराहरु
१. विद्यार्थीहरुले त्रि.वि शिक्षाशात्र संकाय डिनको कार्यालयको वेवसाइटःwww.tufoe.edu.np मा गई त्रि.वि रजिष्ट्रेशन नम्बरमार्फत मात्र अनलाइन परीक्षा फराम भर्न सकिनेछ ।
२. परिक्षा आवेदन फारमवापत नियमित तथा आंशिक परीक्षाका लगि रु २५००/- शुल्क लाग्नेछ ।
३.विद्यार्थीहरुले परीक्षा आवेदन फारम विवरण भर्दा शुद्धसंग भर्नुपर्नेछ ।
४.अनलाइन परिक्षा फारममा आवेदन विद्यार्थीले तोकिएको ठाँउमा दस्तखत र स्थान्तरण पत्र( यदि अन्य क्याम्पस बाट स्थान्तरण भइ अध्ययनतर विद्यार्थीहो हकमा मात्र) अपलोड् गर्नुपर्नेछ ।